पति–पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली मोडियो

पति–पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली मोडियो
सुन्नुहोस्

यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ मोडिएको छ । पति–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो जनाइएको छ । 

दिल्ली विमानस्थलको उड्डयन सुरक्षाका अनुसार पति–पत्नीबीचको झगडा के कारणले भएको अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई मोड्नु पर्यो । 

विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर अज्ञात कारणले त्यो अनुरोध पूरा गरिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो । विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षा निकायलाई बुझाइएको छ । लुफ्थान्सा एयरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.