रुसले इरानलाई सैन्य विमान दिने
![रुसले इरानलाई सैन्य विमान दिने](https://annapurnapost.prixacdn.net/media/albums/plane-pakistan_20200311094755_glBMofACQt_SWKFueo3Os.jpg)
इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन्।
अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उनले भने, 'विमानहरू मुलुकमा आउने निश्चित भएको छ र तिनलाई प्राप्त गर्ने प्रक्रिया भइरहेको छ ।'
उनले अर्ध-सरकारी तस्निम समाचार एजेन्सीसँगको एक अन्तर्वार्तामा सशस्त्र सेनाको लागि रूसी सुखोई एसयू-३५ लडाकु विमान, मिल एमआई-२८ आक्रमण हेलिकप्टर र याक-१३० जेट छिटै आउने बताए।
गत जनवरीमा इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य सहरयार हैदरीले इरानले चाँडै नै धेरै एसयु–३५ लडाकू विमान प्राप्त गर्ने बताएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)