कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा
तस्बिर : प्रदीपराज वन्त/ प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

दुबई : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति संयुक्त अरब इमिरेट्सको दुबई आइपुगेका छन्। स्थानीय समय अनुसार राति करिब १:३० बजे उनी दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।

null

दुबई विमानस्थल प्रधानमन्त्री प्रचण्डलाई  नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सी लगायत युएईस्थित दूतावासका अधिकारीहरुले उनको स्वागत गरे । प्रधानमन्त्री प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ । उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा वक्तव्य दिनेछन्।

null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.