इजरायल र हमासबीचको युद्धविराम एक दिन थपियो

इजरायल र हमासबीचको युद्धविराम एक दिन थपियो
फाइल तस्बिर।
सुन्नुहोस्

 इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविरामलाई थप एक दिन लम्ब्याइएको जानकारी दिएको छ ।

इजरायली सेनाले 'बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै' हमाससँगको युद्धविराम कायम रहने बताएको छ।

यसैबीच हमासले इजरायलसँगको युद्धविराम एक दिनको लागि लम्ब्याइएको र अब सातौं दिनमा पनि लागू हुने जनाएको छ ।  

हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गत शुक्रबारदेखि लागू भएको छ। जसअन्तर्गत हमासले केही इजरायली बन्धकहरूलाई रिहा गरिरहेको छ र बदलामा इजरायलले आफ्नो जेलबाट केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिरहेको छ।

युद्धविरामको अवधिमा सहायता र अत्यावश्यक औषधिले भरिएका ट्रकहरू गाजा प्रवेश गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.