एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आह्वान
काठमाडौं : नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ।
पार्टीको ६९औँ केन्द्रीय सचिवालय बैठक मंसिर १८ गते बिहान ११ बजे बस्नेगरी आह्वान गरिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।
उनका अनुसार उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल हुनेछ। त्यसैगरी पार्टीको कार्यविभाजन समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी-११) लगायतका विषयमा छलफल गर्ने तयारीसमेत रहेको उनले जानकारी दिए।