केपी ओली कपको उपाधिका लागि आर्मी र मधेस भिड्ने

केपी ओली कपको उपाधिका लागि आर्मी र मधेस भिड्ने
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : पोखरामा जारी केपी ओली कपको उपाधिका लागि आर्मी र मधेस भिड्ने भएको छ। शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमतीलाई ४ विकेटले पराजित गरेको हो। 

टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १२७ रन बनायो। बागमतीका लागि प्रतिक श्रेष्ठले अर्धशतक प्रहार गरेका थिए भने कप्तान सन्दीप लामिछानेले १९ रन बनाएका थिए। अन्यले भने सम्मानजनक रन बनाउन सकेनन्।

जवाफी ब्याटिङ गरेको आर्मीले १५ ओभरमै ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। आर्मीका लागि भीम सार्कीले ३९, कुशल मल्लले २७ र विनोद भण्डारीले २५ रन बनाएका थिए।

त्यस्तै शुक्रबार भएको दोस्रो खेलमा मधेसले सशस्त्र प्रहरीलाई ११ रनले पराजित गर्‍यो। टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित ओभरको खेलमा ६ विकेटको क्षतिमा १९७ रन बनायो। मधेसका लागि अनिल शाह र इमरान शेखले अर्धशतक प्रहार गरे। अनिलले ५७ रन बनाउँदा इमरान ५० रन बनाएर पेभेलियन फर्किएका थिए।

यता जवाफी ब्याटिङ गरेको सशस्त्र प्रहरीले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर १८६ रनमात्र बनाउन सक्यो। मधेसका लागि प्रदीप ऐरीले ५५ र सुन्दीप जोराले ५४ रनको पारी खेलेका थिए। लोकेश बमले ३२ रन बनाउँदा अन्य खेलाडीले सम्मानजनक रन बनाउन सकेनन्। फाइनल खेल भोल पोखरा रंगशालामा आयोजना हुनेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.