दुर्घटनामा श्रीमानको पनि मृत्यु
हेटौंडा : मकवानपुरको मकवानपुरगढी गाउँपलिका-२ स्थित धवाडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका ३५ वर्षीय भीमबहादुर स्याङतानको पनि मृत्यु भएको छ।
दुर्घटनामा परेर ३४ वर्षीया रुपा स्याङ्तान र उनको ५ महिनाकी छोरीको घटनास्थलमा मृत्यु भएको थियो। गम्भीर घाइते भएका स्याङ्तानको पनि पुरानो मेडिकल कलेज भरतपुर चितवन लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।
बिहीबार दिउँसो १ बजेतिर सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।