रुसी सेनामा कार्यरत नेपालीको मृत्यु भएपछि सरकारले बनायो अध्ययन समिति

रुसी सेनामा कार्यरत नेपालीको मृत्यु भएपछि सरकारले बनायो अध्ययन समिति
सुन्नुहोस्

काठमाडौं : रुसी सेनामा कार्यरत नेपालीको मृत्यु भएपछि सरकारले अध्ययन समिति बनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको हो।

समितिमा वैदेशिक रोजगार शाखाका अधिकृत धनन्जय यादव र कानुन अधिकृत उषा गौतम रहेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए। उनका अनुसार समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ। 

'केही व्यक्तिहरू भिजिट भिसामासमेत गएर विदेशी सेनामा भर्ना भएको पाइयो। त्यससम्बन्धी अध्ययनका निम्ति समिति बनेको छ। समितिले प्रतिवेदन पेस गरेपछि बाँकी तथ्य खुल्नेछ,' प्रवक्ता घिमिरेले अन्नपूर्णसँग भने। 

सरकारका प्रवक्ता रेखा शर्माले पनि रुसी सेनामा कार्यरत नेपालीहरूको तथ्यांक सरकारसँग नभएको स्पष्ट पारेकी थिइन्। बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले कतिपय नेपाली युवाहरू दलालमार्फत् विदेश गएकाले सरकारसँग एकीन तथ्यांक नभएको बताइन्।

'रुसी सेनामा कार्यरत नेपालीहरूको मृत्यु भएको कुरा आएको छ। यस घटनाप्रति सरकार गम्भीर छ। तर दलालमार्फत् धेरै नेपाली विदेश गएकाले एकीन तथ्यांक सरकारसँग छैन,' उनले भनिन्।

जारी रुस-युक्रेन युद्धमा दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्ता, गोरखाका सन्दीप थपलिया र स्याङ्जाका प्रितम कार्कीको मृत्यु भएको खबर सार्वजनिक भएको छ। 

यो पनि पढ्नुस् :

रुसी सेनामा कार्यरत नेपालीको पीडा : न ज्यान रह्यो, न कमाइ भयो


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.