दिउँसै चितुवा गाउँ पसेपछि...
बुटवल : झिमरुक गाउँपालिका-४ बांगेमरोठमा दिउँसै चितुवा गाउँ पसेपछि स्थानीय त्रसित भएका छन्।
बुधबार र बिहीबार गरेर स्थानीयको गोठ-गोठमा छिरेरे चितुवाले आधा दर्जन बढी खसी, बोका र बाख्रा खाएको बांगेमरोठका स्थानीय नारायण रानाले जानकारी दिए।
झिमरुक-४ बांगे निवासी फूर्सी परियारको २ वटा बोका र एउटा बाख्रो चितुवाले खाएको छ। सोही ठाउँका गुमान परियार, पूर्णबहादुर राना, हरिय निवासी तोरबहादुर जिसी र टिकबहादुर जिसी एक/एक वटा बाख्रा चितुवाले दिउँसै खाएको हरिय निवासी लक्ष्मी मावी बांगेफेदीका शिक्षक केशर बहादुर जिसीले बताए।
‘दिउँसै चितुवा गाउँ पसेपछि सिंगो गाउँ त्रसित भएको छ’,जिसीले भने,‘वन कार्यालयका पदाधिकारी र स्थानीय प्रशासनले गाउँलेको सुरक्षामा ध्यान दिनुपर्ने देखिन्छ।’
प्रतिक्रिया दिनुहोस !
८