लडेर एक जनाको मृत्यु
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेवमा घास काट्ने क्रममा खरबारीबाट खसेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको छत्रदेव गाउँपालिका ८, काफलडाँडा निवासी पदम बिकको खरबारीमा घाँस काट्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताए।
४८ वर्षीय बिक बिहान घर नजिकै घाँस काट्न गएका थिए। खरबारीमा चिप्लिएर झन्डै ७० मिटर तल खसेका बिकलाई उपचारका लागि गुल्मी जिल्ला अस्पताल लगिएको थियो।
बेलुका पौने ६ बजे उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।