बिनाअनुमतिका हेन्ड सेट बरामद

बिनाअनुमतिका हेन्ड सेट बरामद
सुन्नुहोस्

जोमसोम : मुस्ताङ प्रहरीले बिना अनुमतिपत्र ल्याइएका वाउफिङ कम्पनीका १० थान हेन्डसेट (सञ्चार उपकरण) बरामद गरेको छ। म्याग्दी र मुस्ताङ सीमाना घाँसामा प्रहरी चौकीले नियमित चेकजाँच गर्ने क्रममा बुधबार १० भारतीय पर्यटकको साथबाट बिना अनुमतिका हेन्डसेट बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले पोखराबाट म्याग्दी हुँदै मोटरसाइकलमा मुस्ताङ आउँदै गरेका भारतीय पर्यटकको साथबाट सञ्चार प्रयोजनका लागि ल्याइएका  बिनाअनुमति पत्रका १० थान हेन्ड सेट बरामद भएको बताए।

भारतबाट हिमालय बुलेट, कावासाकी र डुक कम्पनीको १० मोटरसाइकलमा यात्रा गर्दै आएका भारतीय पर्यटकको हेन्टसेट बरामद भई जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई प्राप्त भएको प्रहरी नायव उपरीक्षक पाण्डेले उल्लेख गरे। मोटरसाइकलमा सुवाराङ, डटर्सर सुरुकार्य, मदससिंह र वसुमाता रायलगायत १० भारतीय छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.