बसको ठक्करबाट पैदलयात्रीको मृत्यु : लम्कीमा चक्काजाम

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु : लम्कीमा चक्काजाम
पूर्वपश्चिम राजमार्गको लम्कीमा गरिएको यातायात अवरुद्ध। तस्बिर : परमानन्द पाण्डे।
सुन्नुहोस्

टीकापुर : बिहीबार साँझ बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गको लम्कीमा पीडितका आफन्तले चक्काजाम गरेका छन्। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहन्याल गाउँपालिका वडा नं. ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको ज्यान गएको थियो। 

मृतकका आफन्तले बसको लापरवाहीले ज्यान गएको भन्दै उचित क्षतिपूर्तिको मागसहित लम्की चौराहमा सवारी साधन ठप्प पारेका हुन्। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिका-२ गणेशपुर चोकमा हिंडिरहेका विष्टलाई बसले ठक्कर दिएको थियो। 

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ज्यान गएको हो। ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन्।

पीडितका आफन्तहरुले सवारी साधन ठप्प पारेपछि पूर्वपश्चिम यातायात सेवा अवरुद्ध भएको छ। सडक सुचारु गर्न पीडित पक्षसँग छलफलको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.