निर्वाण कलेजले फुटबल खेलाडीलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने

निर्वाण कलेजले फुटबल खेलाडीलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने
सुन्नुहोस्

काठमाडौं  : ललितपुरको निर्वाण कलेज र नेपाल फुटबल खेलाडी संघबीच विभिन्न ८ बुँदे सहमति भएका छन्। सहमती अन्तरगत कलेजले फुटबल खेल्ने विद्यार्थीहरुको लागि शैक्षिक छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। 

राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त शिक्षाविदहरूबाट शिक्षण र ब्यवस्थापन गरिएको निर्वाण स्कूल तथा कलेज एकै संस्थानभित्र प्ले ग्रुप देखि स्नातकोत्तर तहसम्म पठन पाठन गराइन्छ। अन्तर्राष्ट्रिय स्तरकै गुणस्तरको शिक्षा प्रदान गर्ने, अनुसन्धान केन्द्रित र नवप्रवर्तन उन्मुख यस शैक्षिक संस्थालाई दक्षीण एशियाकै शैक्षिक गन्तब्यको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । 

त्यसको लागि निर्माण स्कूल तथा कलेजले शैक्षिक पूर्वाधारमा व्यापक शुधार गर्नुका साथै, क्रिया कलापमा आधारित पठनपाठन, नविनतम प्रविधिको प्रयोग, अनुसन्धानको विस्तार र बिद्यार्थीको सेवामा विस्तार जस्ता क्रियाकलापलाई ध्यान दिइएको छ । 

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका शैक्षिक संस्थान र विश्वविद्यालयसंग सम्बन्ध बिस्तार गर्नुका साथै अष्ट्रेलियाका केही विश्वविद्यालयसंग क्रेडिट ट्रान्सफरको सम्झौता भइ थप कामहरू अघि बढाइएको छ ।

निर्वाण कलेज र खेलाडी संघबीच भएको सहमति यस्ता छन्ः–

१. कलेजले शैक्षिक र खेल करियर एकैसाथ पछ्याउने क्षमता भएका फुटबल खेलाडीलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्न कलेज र संघ सहकार्य गर्ने र फुटबल खेललाई समुदायभित्र प्रवर्द्धन र विकास गर्न सहकार्य गर्ने,

२. फुटबल प्रतियोगिता र कार्यक्रमहरु मिलेर आयोजना गर्ने,

३. एकअर्काको योगदानलाई उचित श्रेय दिँदै फुटबल गतिविधिहरुको बजारीकरण र प्रवर्द्ध नगर्ने । संघले कलेज गतिविधि प्रवर्द्धन गर्न डिजिटल प्लेट फर्ममार्फत सहयोग प्रदान गर्ने,

४. कलेजले विद्यार्थी खेलाडीको विकासको लागि कोचिङ, प्रशिक्षण सुविधाहरुमा पहुँच, शैक्षिक सहयोग र अन्य आवश्यक स्रोतहरू प्रदान गर्ने,

५. कलेजले उपलब्धता र पूर्वस्वीकृतिको अधिनमा रहेर संघलाई प्रशिक्षण सत्रहरू, खेलहरू र कार्यक्रमहरू सञ्चालन गर्नका लागि फुटबल मैदान, चेन्जिङ रूम, शटल सुविधा र अन्य आवश्यक पूर्वाधारहरूलगायतका खेलकुद सुविधाहरुमा पहुँच प्रदान गर्ने,

६. संघले स्कुल र कलेजका विद्यार्थीका लागि फुटबल कार्यक्रम, कोचिङ र प्रशिक्षणको विकासमा विशेषज्ञता, स्रोत र सहयोग उपलब्ध गराउने,

७. कलेजले चयन गरिएका खेलाडीको शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने, जसमा ट्युसन, पुस्तकहरु, अन्य शैक्षिक खर्चहरु पारस्परिक सहमतिअनुसार समावेश हुन सक्छन् । कलेजले छात्रवृत्ति पाउनेलाई शैक्षिक मार्गदर्शन र अन्य सेवाहरु प्रदान गर्नेछ,

८. स्कुलले खेलाडीका छोराछोरीलाई विद्यालय शिक्षामा ५० प्रतिशत छात्रवृत्ति दिने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.