अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्नेको संख्या बढ्दो

अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्नेको संख्या बढ्दो
फाइल तस्बिर
सुन्नुहोस्

गोरखा : गोरखा जिल्लामा अनलाइन प्रणालीमार्फत विद्युत् महसुल भुक्तानी गर्ने ग्राहकको संख्या बढ्दै गएको छ। नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा पछिल्लो समय ग्राहकले विद्यु्तीय माध्यमबाट महसुल भुक्तानी गर्नेक्रम कार्यालय प्रमुख इञ्जिनियर चिजकुमार गुरुङले जानकारी दिए।

    
'शाखाअन्तर्गत अहिले ४८ हजार आठ सय ८० हजार ग्राहक रहेका छन्', उनले भने, 'त्यसमध्ये आधाजसो ग्राहकले अनलाइनमार्फत महसुल भुक्तानी गर्न थालेका छन्।' 

धेरै महसुल तिर्नुपर्ने ग्राहकले चेकमार्फत भुक्तानी गर्ने गरेका भए पनि थोरै शुल्क तिनुपर्ने ग्राहकले भने अनलाइन सेवामार्फत महसुल बुझाउने गरेको पाइएको छ।

शाखाअन्तर्गत जिल्लाका तीन ठाउँमा महसुलको काउण्टर रहेको भए पनि अनलाइन प्रणालीमार्फत भुक्तानी गर्ने ग्राहकको संख्या बढ्दै गएपछि काउन्टरमा चाप कम हुँदै गएको प्रमुख गुरुङको भनाइ छ। 

प्राधिकरणले आफ्ना ग्राहकलाई ई–सेवा, खल्ती, आइएमी पे, बैंक खातालगायतका विभिन्न अनलाइन माध्यमबाट विद्युतको महसुल तिर्नसक्ने व्यवस्था मिलाउदै आएको छ। अनलाइनको माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्दा ग्राहकलाई घण्टौँ लगाएर गाउँदेखि बजारसम्म आइपुग्नुपर्ने बाध्यतासमेत हटेको प्रमुख गुरुङले बताए।

'३० रुपैयाँको महसुल बुझाउन बारपाकदेखि पाँच सय रुपैयाँ खर्च गरेर सदरमुकाम आउनुपर्ने बाध्यता ग्राहकको रहेको थियो', उनले भने, 'अहिले मोबाइलबाट घरमै बसेर पनि महसुल बुझाउन पाएका छन्।' यसले ग्राहकहरूको खर्चसमेत बचत हुने उनको भनाइ छ।

'अनलाइन प्रणालीमार्फत महसुल भुक्तानीका लागि अझै पालिका वा वडावडामा पुगेर सचेतना फैलाउने योजनामा कार्यालयको छ', प्रमुख गुरुङले भने, 'ग्राहकलाई अनलाइनमार्फत कसरी भुक्तानी गर्ने भन्ने बारेमा जानकारी पनि छैन हामीले आफू पुगेका बेलामा ग्राहकलाई जानकारी दिने पनि गरेका छौँ।'

अनलाइनमार्फत विद्युत् भुक्तानी गर्दा सार्वजनिक बिदाका दिनमा समेत भुक्तानी गर्नसक्ने भएकाले पनि ग्राहकलाई पनि सजिलो भएको उनको भनाइ छ। 

अनलाइनबाट महसुल भुक्तानी गर्नेले बिहान ७ बजेदेखि राति १२ बजेसम्म भुक्तानी गर्नसक्ने उनले बताए। प्राधिकरण गोरखा वितरण केन्द्रमा मासिक करिब दुई करोडभन्दा बढी राजस्व संकलन हुने गरेको कार्यालय प्रमुख गुरुङले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.