युद्धविरामपछिको आक्रमणमा गाजापट्टीमा ६० भन्दा बढीको मृत्यु

युद्धविरामपछिको आक्रमणमा गाजापट्टीमा ६० भन्दा बढीको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

इजरायल र हमास बीचको युद्धविराम समाप्त भएपछि  पुनः  गाजापट्टीमा इजरायलले आक्रमण सुरु गरेको छ ।  गाजा पट्टीका थुप्रै क्षेत्रहरूलाई लक्षित गर्दै इजरायलीहरूले गरेको हवाइ आक्रमणमा शुक्रबार ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ।

गाजा पट्टीमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ६० जनाको मृत्यु भएको र थुप्रै घाइते भएका छन् । 

गाजाको सरकारी सञ्चार कार्यालयले विज्ञप्ति जारी गर्दै इजरायली विमानले गाजा पट्टीका  विभिन्न शहरहरूका बसोबास रहेको र भीडभाड भएका क्षेत्रहरूमा बमबारी  जारी राखेको जनाएको छ ।  

विज्ञप्तिमा बालबालिका र महिलाहरू विरुद्ध जारी आक्रमणका लागि अन्तरराष्ट्रिय समुदायलाई जिम्मेवार ठहराइएको छ । इजरायली सञ्चार माध्यमका अनुसार नोभेम्बर २४ मा इजरायल र हमासले अल्पकालीन युद्धविराम गरेपछि पहिलो पटक शुक्रबार बिहान गाजासँगको सीमा नजिक इजरायली शहरहरूमा साइरन बजिरहेको आवाज सुनिन्थ्यो ।

इजरायली सेनाले गाजा पट्टीबाट इजरायलतर्फ प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको पुष्टि गरेको छ। आक्रमणपछि, इजरायली होम फ्रन्ट कमाण्डले देशका केही क्षेत्रहरूमा नागरिकहरूका लागि दिशानिर्देशहरूलाई कडा पारेको छ।

इजरायल र हमासबीच भएको अस्थायी मानवीय युद्धविराम स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजे  समाप्त भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.