पर्वतीय देशबीच हातेमालोको अवसर

इजलास

पर्वतीय देशबीच हातेमालोको अवसर
महेश्वर ढकाल
सुन्नुहोस्

कोप–२८ सम्मेलनमा हाम्रो मुख्य एजेन्डा थियो– जलवायु परिवर्तनका कारण नेपालमा परेको असरबारे विश्व समुदायलाई जानकारी गराउने। यो मामिलामा हामी सफल भएका छौं। ‘हिमालः हामीलाई जलवायु संकटबाट कसले बचाउँछ’ भन्ने शीर्षकमा नेपालले नै अध्यक्षता गरेर एउटा महत्वपूर्ण सत्र सम्पन्न भएको छ।

हिमाली क्षेत्र, त्यहाँको जनजीवन र हानीबारे विश्व समुदायको ध्यानाकर्षण भएको छ। यो विषय संयुक्त राष्ट्रसंघका महासचिवले नै गम्भीर रूपमा लिनुभयो। उनले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा पारेको प्रभाव र त्यसको क्षतिपूर्ति दिन धनी राष्ट्रलाई आग्रह गर्नुभयो।

अर्कोतिर, पर्वतीय देशहरूका समस्या समाधानमा हातेमालो र सहकार्यको वातावरण बनेको छ। हिमालका मुद्दालाई सम्बोधन गर्नका लागि अन्तर्राष्ट्रिय समुदायको साथ आवश्यक छ। 

(महेश्वर ढकाल, वन  तथा वातावरण मन्त्रालयका सहसचिव हुन्। ) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.