युद्धविरामपछिको आक्रमणमा गाजामा २४० जनाको मृत्यु
![युद्धविरामपछिको आक्रमणमा गाजामा २४० जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/gaja_e9Jn9QMH3d_m1XGwv0xx2.jpg)
गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ।
'गाजा पट्टीमा जताततै सयौं हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी" भएको छ । थप ६५० जना घाइते भएका छन्', सरकारको विज्ञप्तिमा भनिएको छ।
इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौं घरहरू ध्वस्त पारेको छ । गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)