जानकीका नापी सर्वेक्षकको शव भारतमा फेला

जानकीका नापी सर्वेक्षकको शव भारतमा फेला
सुन्नुहोस्

टीकापुर : कैलालीको जानकी गाउँपालिकामा कार्यरत नापी सर्वेक्षक ४१ वर्षीय रमण बम भारतको बेलरायाँमा मृत अवस्थामा फेला परेका छन्। उनका आफन्तका अनुसार दश दिनअघि घरबाट औषधी उपचार गर्न भनी गएका बम भारतको बेलरायाँ र सिंघाई नजिकै शनिबार मृत अवस्थामा फेला परेका हुन्। 

उनका आफन्त महेन्द्रसिंह बमका अनुसार उनी बेला बेला उपचारका लागि भारत जाने गरेका थिए। ‘पटक पटक भारतमा उपचारका लागि जाने गरेको थियो, दश दिनअघि पनि उपचारकै लागि गएको हो’ बमले भने ‘शुक्रवार एक्कासी मोटरसाइकल भेटिएको खबर आयो, शनिवार शव नै फेला पर्यो।’
शवको पोष्टमार्टम् भारतको लखिमपुरमा गरेर शनिबार राति नै शव टीकापुर अस्पतालमा पुर्‍याइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.