पाँचथरको विजयी सुरुवात

पाँचथरको विजयी सुरुवात
सुन्नुहोस्

फिदिम : पाँचथर सदरमुकाम फिदिममा सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रित किरात गोल्डकप फुटबल प्रतियोगितामा आयोजक पाँचथर फुटबल क्लबले विजयी सुरुवात गरेको छ। फिदिम माविको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा तेह्रथुमकोे मितेरी क्बललाई २–० गोलले पराजित गर्दै आयोजक पाँचथरले सेमिफाइनलमा स्थान पक्का गरेको हो। 

आयोजकको जितमा निर्देश राई र विशाल भण्डारीले एक÷एक गोल गरेका थिए। पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफको ५८औं मिनेटमा निर्देश राईले सुरुवाती गोल गरेका थिए। 

खेलको इञ्जुरी समयमा विशाल भण्डारीले गोल गर्दै आयोजकको जित पक्का गरेका थिए। विदेशी खेलाडीसहित आयोजकविरुद्ध मैदान उत्रिएको तेह्रथुमले गोल गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिन पुग्यो। इञ्जुरी समयमा तेह्रथुमका पेपे र ग्लोरेले रातो ककार्ड पाएका थिए। 

पेपेले रातो कार्ड पाएपछि तेह्रथुमका खेलाडीले रेफ्रीमाथि दुव्र्यवहारसमेत गरेका थिए। उद्घाटन खेलमा आयोजकका विशाल भण्डारी प्लेयर अफ दी म्याच घोषित भए। उनले पाँच हजार नगद पुरस्कार पाए। 

कोशी प्रदेशका मन्त्री शम्सेर राईले प्रतियोगिताको उद्घाटन गरेका थिए। २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा पहिलो हुने टोलीले चार लाख चार हजार चार सय ४४ रुपैयाँ पुरस्कार पाउने छन्। यस्तै दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ प्राप्त गर्ने छन्। यसैगरी प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई पाँच हजार र प्लेयर अफ दी सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.