निफ्राले लाभांश पारित गर्दै

निफ्राले लाभांश पारित गर्दै
सुन्नुहोस्

काठमाडौं :  नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले  छिटै लाभांश पारित गर्ने भएको छ निफ्राले आगामी पुस १७ गते पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले अनुपम फुडल्यान्ड एन्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको छ। उक्त दिनको बैठकले गत आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने छ। 

यसका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउने जनाएको छ। यससँगै, प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गरिनेछ। निफ्राको हालको चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको आधारमा कर समेत ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले गत वर्ष झैं लाभांश वितरण गर्न लागेको देखिन्छ। गत आर्थिक वर्ष कम्पनीले ४ दशमलव २१ प्रतिशत करसमेत नगद लाभांश वितरण गरेको थियो। यसले सुरुको वर्ष ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

निफ्राले उक्त प्रस्तावसँगै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक चयनका लागि निर्वाचनको कार्यक्रमसमेत सभाका लागि तय गरेको छ। वि.सं २०७८ मंसिर २९ गते सम्पन्न भएको तेस्रो साधारणसभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट चार वर्षे कार्यकालका लागि निर्वाचित सञ्चालक सुमन पोखरेलले सञ्चालक पदबाट राजीनामा दिएका थिए।

यसपपछि रित्त रहेको सो स्थानमा बाँकी कार्यकालका लागि प्रवीण सुवेदीलाई नियुक्त गरेको निर्णयलाई पनि सभाले अनुमोदन गर्ने भएको छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ६ गते एकदिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा पुस ५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.