चारतारे गौतम होटल सञ्चालनमा

चारतारे गौतम होटल सञ्चालनमा
सुन्नुहोस्

ढल्केबर : व्यापारिक कारोबार घट्दै गइरहेको भन्ने होटल व्यवसायीले गुनासो गरिरहेका बेला धनुषाको मिथिला नगरपालिकामा चारतारे मापदण्डको गौतम होटल सञ्चालनमा आएको छ। आर्थिक मन्दीलाई चुनौती दिँदै गौतम होटल बर्दिबासले लालगढमा ३५ करोड रुपैयाँ लगानी गरेको हो।

उक्त होटलको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार उद्घाटन गरे। उक्त अवसरमा मुख्यमन्त्री यादवले होटल व्यवसायमा लगानी बढ्नु सुखद् भएको उल्लेख गरे। ‘समय सापेक्ष बदलिँदो सोच, गौतम होटलको नवीनतम अठोट’ भन्ने भावकासाथ अत्याधुनिक सेवा सुविधासहितको होटल निर्माण गरिएको गौतम होटलका सञ्चालक हिरालाल गौतमले जानकारी दिए। 

होटल व्यवसायका लागि केन्द्रबिन्दु बन्दै गएको लालगढमा करिब डेढ बिघा क्षेत्रफलमा निर्माण भइरहेको होटलमा १ सय ५० जनाभन्दा बढी बसोबास गर्न मिल्ने आरामदायी कोठाहरू रहेको गौतमको भनाइ छ। होटलका कोठाबाट, आकर्षक चुरिया पहाड, हरियाली एवं प्राकृतिक रमणीय वातावरणको अवलोकन गर्न सकिने उनले सुनाए। 

‘होटलमा सभा सम्मेलन, गोष्ठीका लागि कक्षहरू छन्। भित्र र बाहिर गरी लगभग दुई हजार जनाको व्यवस्थापन गर्नसक्ने क्षमता छ,’ गौतमले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.