चरेस र अफिमसहित दम्पती पक्राउ

चरेस र अफिमसहित दम्पती पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बाँके : कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध चरेस र अफिम जस्तो देखिने पदार्थसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। चरेस जस्तो देखिने पदार्थ १२ केजी ७ सय ४ ग्राम र अफिम जस्तो देखिने पदार्थ २ केजी ४५ ग्रामसहित ४० वर्षीय रेवन्त राना र उनकै श्रीमती ३३ वर्षीया कबिता थापा पक्राउ परेका हुन्।

उनीहरुले लागूऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर, कार तथा सोही ठाउँस्थित यज्ञ रानाको खाली घरमा समेत उनीहरूले लुकाई राखेको उक्त परिमाणको लागूऔषधसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.