लाभांश लिन डिप्रोक्स लघुवित्तको आह्वान
![लाभांश लिन डिप्रोक्स लघुवित्तको आह्वान](https://annapurnapost.prixacdn.net/media/albums/lavansa--labahnda_O7N7vemUOI_IHNnzZUetW.jpg)
काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले पुरानो नगद लाभांश लिन बाँकी रहेका सेयरधनीलाई आह्वान गरेको छ। यसअघि विभिन्न साधारणसभाबाट पारित भएको नगद लाभांशहरू केही सेयरधनीले अझै बुझिनलिएकाले छिट्टै लिन भनेको छ।
यसर्थ ढिलो नगरी नगद लाभांश लिन बाँकी रहेका सेयरधनीले सेयर प्रमाणपत्रसहित परिचयपत्र लिएर आउन अनुरोध गरेको छ। यससँगै विभिन्न आर्थिक वर्षमा कम्पनीको सेयरधनी रहेका तर अहिले सेयर बिक्री गरिसकेका सेयरधनीले कागजातको प्रतिलिपिसहित कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेस्टमेण्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गरी लाभांश बुझिलिन सक्ने बताइएको छ।
कम्पनीको अनुसार ५ वर्षभन्दा पुरानो बुझिलिन बाँकी रहेको नगद लाभांश रकम कम्पनी ऐन २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)