पदयात्रामा गएका अलपत्र १८० जना विद्यार्थीको उद्धार

पदयात्रामा गएका अलपत्र १८० जना विद्यार्थीको उद्धार
सुन्नुहोस्

श्रीलङ्काको सेना र प्रहरीले पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ । क्यान्डी हेडक्वार्टर पुलिस स्टेशनका प्रवक्ताले बताए  अनुसार ती अलपत्र परेका विद्यार्थीहरू पश्चिमी प्रान्तको रागामास्थित केलानिया विश्वविद्यालयको मेडिसिन संकायमा अध्ययनरत छन्।

ती विद्यार्थीहरू शनिबार बिहान हाईकिङमा निस्किएका थिए तर बाक्लो कुहिरो र वर्षाका कारण फर्कने क्रममा बाटोमै हराएको प्रवक्ताले बताएका छन् ।
हान्थाना, श्रीलङ्काको मध्य हाइल्याण्ड्समा अवस्थित विश्वविद्यालयका विद्यार्थीहरूका लागि लोकप्रिय पदयात्रा गन्तव्य हो।

यस क्षेत्रमा अचानक मौसम परिवर्तनका कारण प्रत्येक वर्ष केही विद्यार्थीहरू यसैगरी हराउने गरेका समाचार सार्वजनिक हुने गर्छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.