निस्सा वितरणमा ढिलाइ गरेको भन्दै सुकुमबासीले गरे टीकापुर नगरपालिका घेराउ

निस्सा वितरणमा ढिलाइ गरेको भन्दै सुकुमबासीले गरे टीकापुर नगरपालिका घेराउ
पालिकामा तालाबन्दी गर्दै भूमिहीन सुकुमबासी ।तस्बिर : परमानन्द पाण्डे
सुन्नुहोस्

टीकापुर : भूमिहीन सुकुमबासीका लागि निस्सा वितरणमा ढिलाइ गरेको भन्दै आन्दोलित भएका टीकापुर वडा नं. १ का भूमिहीन सुकुमबासीहरुले कैलालीको टीकापुर नगरपालिका केन्द्र घेराउ गरेका छन् । 

शुक्रबारदेखि तत्काल निस्सा वितरण गर्नुपर्ने माग राख्दै नगरपालिकामा तालाबन्दी गरेका भूमिहीन सुकुमबासीहरुले नगरपालिकाले मागको सुनुवाई नगर्दै ताला खोलेको भन्दै आइतबार घेराउ गरेका हुन् । 

नगरपालिकाले वडा नं. ६ मा सुकुमबासीहरुका लागि निस्सा वितरणको कार्य सुरु गरिसक्दा समेत वडा नं. १ मा निस्सा वितरण प्रक्रिया रोकिएको भन्दै उनीहरु आक्रोशित बनेका हुन्।

null

अन्य वडामा सुरु भइसक्दा समेत वडा नं. १ मा निस्सा वितरण कार्य नभएकाले नगरपालिकामा तालाबन्दी गरेकोमा पालिकाले ताला खोलेपछि केन्द्र घेराउ गरिएको आन्दोलनका संयोजक पूर्णबहादुर खड्काले बताए । 

‘हाम्रा मागको सम्बोधन गर्नका लागि नगरपालिकाका जनप्रतिनिधिले लिखित रुपमा प्रतिबद्धता गर्नुपर्छ,' खड्काले भने, ‘त्यसका लागि हामी नगरपालिकासँग वार्तामा बस्न तयार छौं, हामी शान्तिपूर्ण रुपमा आन्दोलनका कार्यक्रम गर्छौं ।’

नगरपालिका घेराउ गर्न जम्मा भएका भूमिहीन सुकुमबासीलाई नगर प्रमुख रामलाल डगौरा थारुले सम्बोधन गरेका छन् । उनले निस्सा वितरणका लागि प्रक्रिया अघि बढेर दावी विरोधका लागि एक हप्ते सूचना प्रकाशनको चरणमा रहेको बताए । 

‘हामी निस्सा वितरणको प्रक्रियामा लागिरहेका छौं, आज मात्रै थप तीन वडालाई दावी विरोधका लागि सूचना प्रकाशित गर्न पत्राचार गरिसकेका छौं’नगर प्रमुख थारुले भने, ‘१० हजार बढी आवेदन गरेका छन्, यी सबैमाथि छानविन गर्न, इन्ट्री गर्न समय लागेको हो, यो समस्या हामी सक्दो चाँडो टुंग्याउने प्रयासमा छौं ।’

पालिका केन्द्रमा घेराउ बन्दी गरिएपछि आज पनि नगरपालिकाका कामकारवाही प्रभावित भएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.