प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण
सुन्नुहोस्

परासी : जिल्ला प्रहरी कार्यालय नवलपरासीमा रहेका प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा आइतबार उनीहरूको स्वास्थ्य परीक्षण गरिएको हो। 

पृथ्वीचन्द्र अस्पताल परासीको सहयोगमा पहिलो दिन ८४ जना प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले बताए। 

पहिलो दिन परीक्षण गराएकामध्ये ५ जनालाई अस्पतालमा थप परीक्षण गर्न बोलाइएको छ। बाँकी अवस्था सामान्य छ। अस्पतालका दुई चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले गरेको स्वास्थ्य परीक्षणमा सबै तहका प्रहरी कर्मचारीहरू स्वास्थ्य परीक्षण गरिएको हो। 

कार्यालयमा रहेकामध्ये थप ५० जनाको केही दिनपछि पुनः स्वास्थ्य परीक्षण गरिने छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षण गरिएको हो। एक्कासि रोगका लक्षण देखिएपछि उपचार गराउनुभन्दा पहिल्यै नै स्वास्थ्य अवस्थाबारे जानकारी पाउनका लागि प्रहरीहरूको स्वास्थ्य परीक्षण गरिएको एसपी आचार्यले बताए। 

स्वास्थ्य परीक्षणमा समस्या देखिएकाहरूको अस्पतालले निःशुल्क थप उपचारमा सहयोग गर्ने जनाएको छ। रगत परीक्षण, इसिजी, भिडियो एक्सरेलगायत अन्य परीक्षण गर्नुपर्ने भएमा  अस्पतालले निःशुल्क परीक्षण गर्ने जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.