नेपाल एयरलाइन्सले अपांगता भएका यात्रुलाई हवाई भाडामा छुट दिने

नेपाल एयरलाइन्सले अपांगता भएका यात्रुलाई हवाई भाडामा छुट दिने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपांगता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने भएको छ। निगमले अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा आफ्ना हरेक आन्तरिक उडानमा सुरूमा टिकट काट्ने अपांगता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो।

सो सुविधा पाउन यात्रुले आफ्नो सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ।

'आज ३ डिसेम्बर, २०२३ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आजैको दिन देखि लागू हुने गरि  रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरुको लागि निगमको हरेक आन्तरिक  उडानमा First come first serve basis  को आधारमा दुईजना यात्रुलाई हवाई भाडामा ५०% छुट दिने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ । उक्त सुविधाको लागि सम्बन्धीत यात्रुले आफ्नो सक्कल परिचय पत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ,'निगमले सार्वजनिक गरेको सूचनामा उल्लेख  छ।

“दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने राष्ट्रिय मूल नाराका साथ आज  अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तराष्ट्रिय दिवस मनाइएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.