विवाहकै दिन बेहुलीलाई चेक

विवाहकै दिन बेहुलीलाई चेक
बेहुलीलाई चेक हस्तान्तरण गर्दै मेयर साह। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रौतहट : मौलापुर नगरपालिकामा असहायसँग मेयर कार्यक्रम लोकप्रिय बनेको छ ।  केही दिनअघि मौलापुर नगरपालिका -६ पथराका विजय गिरीको छोरीको विवाहमा सहभागी भइ मेयर रिना कुमारी साहले विवाह मण्डपमै सहयोग रकम ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्।

नगरका सम्पूर्ण विपन्न परिवारको २० वर्ष उमेर पुगेका छोरीको विवाहमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मेयर साहले विवाहभन्दा एक हफ्ता अगाडि विवाहको कार्डसहितको फाइल पेस गर्न आग्रह गरेकी थिइन्। नियम पूरा गरेका फाइलकै आधारमा विवाहकै दिन बेहुलीको घरमै अनुदान रकमको चेक उपलब्ध गराएकी हुन्।

मेयर साहको योजना र सक्रियताले नगरबासी माझ असहायसँग मेयर कार्यक्रम लोकप्रिय बनेको हो । असहायसँग मेयर कार्यक्रमअन्तर्गत मौलापुर नगरपालिकामा छोरीको बिहेका लागि आर्थिक वर्ष २०७९र०८० मा ५० परिवारलाई आर्थिक सहयोग गरिएको छ । 

छोरीको विवाहमा सहयोगस्वरुप जनही ३० हजारका दरले ५० जना परिवारको खातामा रकम पठाइएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

वि.स २०७९ सालको स्थानीय निर्वाचनमा दोस्रो पटक मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी साहलाई  निर्वाचन आयोगको गत असोज २९ गतेको निर्णय एवं ३० गतेको सूचनाबाट मेयर पद रिक्त भएको सूचना निकालेको थियो । निर्वाचन आयोगको सो निर्णयविरुद्ध मेयर साहले सर्वोच्च अदालत पुगेकी थिइन्। 

सर्वोच्च अदालतको गत कार्तिक २४ को फैसलापछि साहले पुनः कार्यभार सम्हालेकी हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.