हिमपातले ढोरपाटन उपत्यका सेताम्ये

हिमपातले ढोरपाटन उपत्यका सेताम्ये
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बागलुङ : बागलुङको ढोरपाटनमा सोमबार हिमपात भएको छ । सोमबार बिहानदेखि हिमपात भइरहेको स्थानीय टकबहादुर अदैले जानकारी दिए । ढोरपाटनमा यस वर्षको पहिलो हिमपात भएको हो ।

यस वर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो,’ स्थानीय अदैले भने,‘हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर भएको छ ।’

null

हिमपातको कारण वातावरण चिसो बनेको स्थानीय अदैले बताए । उनले हिमपात पछि ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र आकर्षक भएको छ । हिमपातले गर्दा घोडा खच्चड तथा वस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए । हिमपात पछि ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र आकर्षक भएको छ ।

ढोरपाटनमा यस वर्ष चाँडै हिमपात भएको हो । ‘अघिल्लो वर्ष पुस माघमा हिमपात हुने भएपनि यस वर्ष मंसिरमै हिउँ परेको छ,’स्थानीय अदैले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.