दराज ११:११ सेलमा लाखौंले पाए करोडौंको छुट

दराज ११:११ सेलमा लाखौंले पाए करोडौंको छुट
सुन्नुहोस्

काठमाडौं : दराज ११:११ सेलमा लाखौंले करोडौंको छुट पाएका छन्। गत कात्तिक २५ गते सार्वजनिक भएको दराज ११:११ सेलमा लाखौं ग्राहकहरूले करोडौंको छुट पाएका हुन्।

कम्पनीका अनुसार वाणिज्यद्वारा नेपाली समुदायहरूलाई उत्थान गर्ने उद्देश्यले सुरु भएको यो वर्षको ११:११ सेलमा ५० लाख ग्राहकले दराजबाट सामान खरिद गरेका छन्। यो तथ्यांकले नेपालीहरूको डिजिटल प्लेटफर्म प्रति बढ्दो विश्वास र ईकमर्स मोह देखाउँछ।

बिक्रेताहरूको अनलाइन व्यवसाय बढाउन मद्दत गर्ने उद्देश्यले विभिन्न ब्राण्ड तथा क्रेताहरूलाई प्रशिक्षण प्रदान गरेर सफलतापूर्वक १९ हजार बिक्रेताहरूको सञ्जाल निर्माण गर्न सफल दरजले इ–कमर्सलाई पहुँचयोग्य बनाउन र स्थानीय समुदायहरूलाई उत्कृष्ट मूल्यमा विविध सामानहरू प्रदान गरेर उनीहरूको जीवनको गुणस्तर सुधार्न सफल भएको छ। ११:११ सेलमा तेल, घिउ जस्ता रासनका सामानहरू अत्याधिक बिक्रि गरेको दराज, दैनिक आवश्यक्ताका सामानहरूको गन्तव्य बनेको देखिन्छ।

दराजले राजधानी बाहिरका बिक्रेताहरूलाई पनि समान अवसर प्रदान उद्देश्यले देशका १०८ स्थानबाट सेवा प्रवाह गर्ने गरेको छ। जसले गर्दा सेलको अवधिमा काठमाडौं उपत्यका बाहिरका खरिदकर्ताहरूको संख्यामा ६ सय प्रतिशतको  वृद्धि देखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सेल सुरु भएको १९ मिनेटमै दराजले पहिलो ५०० अर्डर प्रप्त गर्न सफल भएको थियो, साथै सामान्य समयको तुलनामा ११:११ सेलमा दराजको बिक्रि ४६ प्रतिशतको वृद्धि पनि देखिएको थियो।

११:११ सेलको सफलता बारेमा चर्चा गर्दै दराजका प्रबन्धक निर्देशक आँचल कुँवर भन्छिन्ः ‘यो चुनौतीपूर्ण समयमा हामी हाम्रा ग्राहकहरूको लागि उत्कृष्ट मूल्यमा सर्वोउत्कृष्ट सामान उपलब्ध गराउँनमा प्रतिवद्ध छौं। र हाम्रो यही उद्देश्यले गर्दा नै हाम्रो ११:११ सेलले यो सफल्ता प्राप्त गर्न सफल भएको छ। यो सफल्तामा ग्राहकमहानुभावहरूको साथ साथै धेरै साझेदार ब्राण्ड तथा बिक्रेताहरूको हात छ। नयाँ बिक्रेताहरूले हामीलाई विश्वास गरेर दराजमा सामान राख्नुभएको देखेर हामी निकै हर्षित छौं। सम्पूर्ण दराजकर्मीहरूको तर्फबाट हाम्रा सुभचिन्तक, ग्राहकमहानुभाव तथा साझेदारहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु।’

सेलमा खट्टिएका ८सयभन्दा धेरै डेलिभरी कर्मचारीको काम आफैमा प्रशंसनीय रहेको जनाएको छ। दराजले सेलमा काठमाडौंदेखि महेन्द्रनगर सम्म करिब ५२२ किलोमिटरको सबै भन्दा लामो यात्रा तय गरेर सामान डेलिभरी गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.