विधानसभा निर्वाचन

भारतमा प्रभाव बढाउँदै मोदी, तीन राज्यमा यसरी ल्याए बहुमत

भारतमा प्रभाव बढाउँदै मोदी, तीन राज्यमा यसरी ल्याए बहुमत

काठमाडौं : भारतमा सम्पन्न पाँच राज्यको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (बिजेपी)ले तीन राज्यमा प्रचण्ड बहुमत हात पारेको छ। उसले मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा स्पष्ट बहुमतका साथ चुनाव जितेको हो। २३० सिटका लागि भएको मध्यप्रदेशको निर्वाचनमा बिजेपीले ११६ सिट जितेको छ। त्यस्तै कांग्रेसले ६६ सिट जित्दा ओटीएचले एक सिट जितेको छ।

त्यस्तै राजस्थानमा भएको १९९ सिटका लागि भएको निर्वाचनमा बिजेपीले ११५ सिटसहित बहुमत ल्याएको छ। कांग्रेसले ६९ र ओटीएचले १५ सिट जितेको छ। 
त्यस्तै छत्तीसगढमा ९० सिटको लागि भएको निर्वाचनमा ४६ सिटसहित बिजेपीले बहुमत ल्याएको छ भने कांग्रेसले ३५ र ओटीएचले एक सिट जितेको निर्वाचन आयोगले जानकारी दिएको छ। 

त्यस्तै तेलंगनामा ६५ सिट ल्याउँदै कांग्रेसले बहुमत हासिल गरेको छ। ११९ सिटका लागि भएको चुनावमा बीआरएसले ३९, बिजेपीले ८ र ओटीएचले ८ सिट जितेको छ। त्यस्तै उत्तर-पूर्वी राज्य मिजोरममा स्थानीय पार्टी जेडपीएमले २७ सिटसहित बहुमत ल्याएको छ। ४० सिटका लागि भएको निर्वाचनमा एमएनएफले १० सिट  ल्याउँदा बिजेपीले २ र कांग्रेसले १ सिट जितेको छ।

भारतमा पछिल्लो समय मुख्यमन्त्रीका आकांक्षीलाई अगाडि सारेरै विधानसभा चुनावमा होम्मिने प्रचलन छ। तर यसपटक बिजेपीले बहुमत ल्याएको तीन राज्यमै मुख्यमन्त्रीको आकांक्षी तोकेका थिएनन्। बहुमत ल्याएसँगै जित हासिल गरेका धेरै उम्मेदवारहरूले मुख्यमन्त्रीको आकांक्षा देखाइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मध्यप्रदेशमा शिवराज सिंह चौहान, नरेन्द्र सिंह तोमर, प्रह्लाद सिंह पटेल, कैलाश विजयवर्गीय मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् भने राजस्थानमा सिंधियाकी फुफु वसुन्धारा राजे र भतिजा ज्योतिरादित्य सिंधिया मुख्यमन्त्रीका आकांक्षी छन्। वसुन्धारा यसअघि नै दुईपटक राजस्थानका मुख्यमन्त्री बनिसकेकी छन्। 

त्यस्तै बिजेपीले छत्तिसगढमा कांग्रेस नेतृत्वको सरकारलाई पछि पार्दै सरकार बनाउने भएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा जातीयता फैलाउने प्रयास भएको आरोप लगाएका छन्। जितपछि सम्बोधन गर्दै उनले देशमा चार जातमात्र रहेको जोड दिए। 'चार जातको कुरा गर्दा मैले महिला, युवा, किसान र गरिबलाई सशक्त बनाएरमात्र देशको समृद्धि हुने बताउँदै आएको छु,' उनले भने। 

null

यसकारण जित्यो बिजेपी
बिजेपीले यसअघिको भएको हिमाञ्चल र कर्नाटक राज्यमा हार व्यहोरेको थियो। हार्नुको प्रमुख कारण मुख्यमन्त्री आकंक्षीको नाम अगाडि सार्नु रहेको बिजेपीले निष्कर्ष निकालेको थियो। सोही कारण बिजेपीले यसपटक प्रधानमन्त्रीसमेत रहेका मोदीको नाम अगाडि सारेको थियो। निर्वाचनको नजिजापछिमात्रै मुख्यमन्त्री तोकिने बिजेपीको रणनीति थियो। बीजेपी नेता एवं सांसद घनश्याम तिवारीले पनि यसको पुष्टि गरे। 

'यसपटक हामी नरेन्द्र मोदीजीको नामलाई अगाडि सारेर चुनावमा होमियौं। मुख्यमन्त्रीको नाम अगाडि सार्दा ती व्यक्तिको कमीकमजोरीले पार्टीमै असर पर्ने रहेछ। चुनावको नतीजाले यो सत्य सावितसमेत भयो,' उनले बीबीसीसँग भनेका छन्। उनले उक्त रणनीति राजस्थानमा मात्र नभएर मध्य प्रदेश र छत्तिसगढमा पनि लागू गरेको बताए। सोही कारण मध्यप्रदेशको सरकार पनि बचेको र छत्तीसगढमा कांग्रेसलाई पराजित गरेको उनको भनाइ छ।

वरिष्ठ पत्रकार त्रिभुवनले पनि बिजेपीले जित र हात दुवैबाट पाठ सिक्ने गरेको बताए। तर कांग्रेसभित्र जित हारको समीक्षा त्यति जोडले नहुने गरेको विश्लेषकसमेत रहेका त्रिभुवनको बुझाइ छ।

'हिमाञ्चल र कर्नाटकमा पराजित भएपछि बिजेपीले आगामी निर्वाचनको रणनीति नै बदलिदियो। जसका कारण उसले तीन राज्यमा प्रचण्ड बहुमत ल्याएको छ,' उनले भने। यसपटक बिजेपीले चुनाव चिन्ह कमलको फूललाई नै आफ्नो सबैकुरा भएको बताउँदै आएको उनको भनाइ छ। 

त्यस्तै बिजेपीले यसपटक महिला भोटरलाई बढी प्राथमिकता दिएको थियो। उसले निर्वाचन क्षेत्रका महिलाहरूको राजनीतिक समाजिक मुद्दालाई बलियोसँग उठाएको विश्लेक त्रिभुवनले बताए।

कांग्रेस नेता राहुल गान्धीले जाति गणनाको माग उठाउँदै आएका थिए। उनले विहारजस्तै अन्य राज्यमा पनि जातीय गणना हुनुपर्ने माग गरेका थिए। उनको त्यही मागले यसपट छत्तीसगढ राज्यमा पनि पराजय भोग्नुपरेको विश्लेषकहरूको भनाइ छ। (-एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.