मिसन ८४ होइन, देश बनाउन भिजन ९५ आवश्यक छ : कांग्रेस महामन्त्री शर्मा

मिसन ८४ होइन, देश बनाउन भिजन ९५ आवश्यक छ : कांग्रेस महामन्त्री शर्मा
सुन्नुहोस्

अछाम : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबै राजनीतिक दलहरू मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताएका छन्। 

 
सोमबार मंगलसेनमा आयोजित नेपाली कांग्रेस अछामको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दे महामन्त्री शर्माले केही राजनीतिक दलहरूले मिसन ८४ भन्दै विभिन्न अभियान सञ्चालन गरेको भन्दै देश बनाउने चिन्ताभन्दा चुनाव कसरी जित्ने भन्नेमात्र सोँच रहेको बताए। 

कांग्रेससँग देश बनाउन भिजन रहेकोसमेत शर्माले दाबी गरे। उनले भने, ‘अब मिसन ८४ होइन, भिजन ९५ हुनुपर्छ। १५ वर्षभित्र देशलाई कस्तो बनाउने भनेर भिजन २०९५ हुनुपर्छ। कांग्रेसले चुनावको चिन्ता कहिले गर्दैन। चुनाव एउटा नियमित प्रक्रिया हो। हार-जित हुन्छ। अब समग्र देशले जित्नुपर्छ। देशले जित्न बाँकी नै छ।'
 
महामन्त्री शर्माले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र चारपटकसम्म मात्र सांसद बन्न पाउने व्यवस्था जरुरी रहेको बताए। कांग्रेसको दुश्मनी कुनै पनि दलहरूसँग नभएर भोकमरी, गरिबी, पछौटीपनासँग रहेको उनको भनाइ छ। 

प्रकृति र संस्कृतिको सुन्दर देश नेपाल कहिल्यै बन्न सक्दैन भन्ने मानसिकताबाट मुक्त हुन जरुरी रहेको उनले बताए। देश बनाउन राजनीतिक दल र नागरिक जाग्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.