देशमा मनपरितन्त्र चलिरहेको छ : ओली

देशमा मनपरितन्त्र चलिरहेको छ : ओली
सुन्नुहोस्

वीरेन्द्रनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशमा मनपरितन्त्र चलिरहेको बताएका छन्। बैतडीको झुलाघाट मध्यपहाडी लोकमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइपुगेका ओलीले अपवित्र गठबन्धनको सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको, देशको स्वतन्त्रा कमजोर भएको र सीमा रक्षामा पनि चुकेको आरोप लगाए। 

देश चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ प्रतिशत ब्याजदरमा जनतासँग आन्तरिक ऋण लिएर कर्मचारी पाल्नुपर्ने, जनताको टाउकोमा ऋण थपेर देश चलाउनुपर्ने नाजुक अवस्थामा पुगेको उनको भनाइ छ। 

'देश अहिले इतिहाँसकै कमजोर अवस्थामा पुगेको छ। देशलाई भ्रष्टाचार, घुषखोरी, कमिशनतन्त्रको जालोले छोपेको छ। देशको सामाजिक अवस्था निकै डरलाग्दो अवस्थामा छ। तर, सरकार कानमा तेल हालेर बसेको छ। यो अवस्था आउनुको प्रमुख कारण अपवित्र गठबन्धन सरकार हो,' उनले भने। तामझाम र दलबलसहित सुर्खेतको आमसभालाई सम्बोधन गर्दै ओलीले सरकारले नै देशमा विभाजन र बिखण्डनको बिउ रोपेको आरोप लगाए। 

उनले नयाँ राजनीतिक दलहरूलाई संकेत गर्दै भने, 'वर्षका आधारले मात्रै कोही राजनीतिक दल पुरानो हुँदैन। नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ नीतिका साथ अगाडि बढिरहेका दलहरू कहिल्यै पुराना हुँदैनन्। नीति, विचार र कार्यक्रमका आधारमा मात्रै राजनीतिक दल नयाँ र पुरानो हुन्छन्। बरु अहिलेको सरकार पुरानो भइसक्यो। कुनै नीति, भिजन र उद्देश्यविहीन सरकार एक वर्षमै धेरै पुरानो भइसक्यो,' उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.