जब ओली पेट्रोलियम पदार्थ उत्खननस्थल पुगे...

जब ओली पेट्रोलियम पदार्थ उत्खननस्थल पुगे...
पेट्रोलियम पदार्थ उत्खननस्थल अवलोकन गर्दैै दैलेखको जलजले पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली।
सुन्नुहोस्

दैलेख : नेपाली जनताको बलिदानीपूर्ण संघर्षको उपलब्धिस्वरुप ०७२ मा नयाँ संविधान जारी भयो। नयाँ संविधान जारी हुँदा त्यसलार्ई लिएर भारतले लगाएको अघोषित नाकाबन्दीले नेपालमा पेट्रोलियम पदार्थको हाहाकार हुन थाल्यो। यही बेला सुरु भयो, देशभित्रै पेट्रोलियम पदार्थको खानीको खोजी। अनि सुरु भयो दैलेखमा पेट्रोलियम पदार्थको उत्खननका लागि अन्वेषणको काम। 

२०७२ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँँ टोली दैलेख आइपुग्यो। पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न दैलेख आएको टोलीले पेट्रोलियम पदार्थको भण्डार रहेकोले अन्वेषण गर्ने उद्घोष गर्‍यो। अनुसन्धान गरी चीन फर्केको टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टिसमेत गर्‍यो।०७२ को चैतमा नेपाल र चीन सरकारबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भयो। सोही सहमतिअनुसार खानी तथा भूगर्भ विभाग र चिनियाँँ जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भयो।

०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उद्योगमन्त्री मात्रिका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको कार्यको उद्घाटन गरे। त्यस यता नेपाल र चिनियाँँ प्राविधिक टोलीले विभिन्न चरणको सर्भे गरे। हाल दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ उत्खननका लागि अन्तिम अन्वेषणको काम चलिरहेको छ।

पेट्रोलियम उत्खननअन्तर्गत अन्वेषणका लागि भैरवी गाउँपालिका–१ जलजलेमा (साविकको रावतकोट गाविस–६) जग्गा अधिग्रहण अन्तिम चरणमा पुगेको छ। गत माघ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम अन्वेषणका लागि जलजलेमा रहेको ४५ रोपनि जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो। स्थानीय २४ जना जग्गाधनीको करिब ४५ रोपनि जग्गा मुआब्जा दिएर अधिग्रहण गरिएको छ। सोही क्षेत्रमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्। आफू प्रधानमन्त्री हुँदा सुरु गरेको पेट्रोलियम अन्वेषणको कामबारे ओलीले स्थलगत अवलोकन गरेका हुन्।

नेकपा एमालेले सञ्चालन गरेको झूलाघाटदेखि चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत पेट्रोलियम पदार्थ उत्खननस्थलमा ओली पुग्दा स्थानीयले खुशी व्यक्त गरेका छन्। स्थानीय शेरबहादुर थापा भन्छन्, ‘यहाँँ पेट्रोलियम पदार्थ उत्खनन कार्य सूरु भएको छ, चार किमी गहिराईसम्म अन्वेषण गरेर पेट्रोल निस्किदैँछ भन्ने थाहा पाएका छौँ, आफ्नै ठाउँमा पेट्रोल निस्किदैँछ हामी औधी खुशी छौँ, प्रधानमन्त्री छँदा सुरु गरेको कामको अवस्था बुझ्न आउनुभएका पूर्वप्रधानमन्त्री एंव एमाले अध्यक्ष ओलीलार्ई स्वागत गर्न पाउँदा झनै खुशी भयौँ।’null शिरस्थान मन्दिर दैलेख

पञ्चकोशी तीर्थस्थलअन्तर्गत सदियौँदेखि ज्वाला बलिरहेको श्रीस्थान क्षेत्रपछि पेट्रोलियम पदार्थ उत्खननस्थल पुगेका ओलीले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्तिका लागि पेट्रोलियम अन्वेषणको विकल्प नभएको बताए। ओलीले पेट्रोलियम पदार्थको उत्खनन कार्य तीब्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए।

‘दैलेख ऐतिहासिक महत्वको जिल्ला मात्रै होइन, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो,’ ओलीले भने, ‘एमाले नेतृत्वको सरकारका पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउन अन्वेषण गर्न टोली खटाएका थियौं।’ केही अवरोधहरू आए पनि अब पेट्रोलियम पदार्थको उत्खनन कार्यले छिट्टै पूर्णता पाउने ओलीले बताए। देशलार्ई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठूलो हिस्सा ओगट्ने ओलीको भनाइ छ।

खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण तथा प्रबद्र्धन परियोजना प्रमुख दिनेशकुमार नापितले चिनियाँँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको निचोड निकालेको  बताए। ‘चिनियाँँ कम्पनीले गरेको सर्भेले चार हजार मिटरसम्म उत्खनन गर्दा पेट्रोलियम पदार्थको राम्रो सम्भावना देखियो,’ नापितले भने, ‘हामीले चार हजार पाँच सय मिटरसम्म उत्खनन गर्दा ग्यास र पेट्रोलियम पदार्थको सम्भावना निकै राम्रो देखिएको छ।’ 

nullगुराँस गाउँपालिका, दैलेखको भवन उद्घाटनमा सहभागी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.