मिचोङ्ग चक्रवातले चेन्नईमा ५ जनाको मृत्यु, सबै उडान रद्द

मिचोङ्ग चक्रवातले चेन्नईमा ५ जनाको मृत्यु, सबै उडान रद्द
सुन्नुहोस्

भारतीय मौसम विभागको जानकारी अनुसार ‘गम्भीर चक्रवात मिचोङ्ग’ चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको छ । यो तूफान दक्षिण आन्ध्र तटमा समानान्तर अघि बढ्नेछ र नेल्लोर र मछलीपट्टनमको बीचबाट मङ्गलबार, डिसेम्बर ५ मा ठूलो आँधीको रूपमा बाहिरिने छ।

आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र त्यसले सिर्जना गरेको अवस्थाका कारण राजधानीमा हालसम्म ५ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने पाँच जनामध्ये दुई जनाको करेन्ट लागेर र एक जनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुई जनाको मृत्युको कारण भने खुल्न सकेको छैन ।

स्थितिको पूर्वानुमान गर्दै, तमिलनाडु सरकारले सावधानीका रूपमा चार जिल्ला चेन्नई, तिरुवल्लुर, कांचीपुरम र चेंगलपट्टुमा छुट्टीको आदेश दिएको छ।

राज्यका सबै ठूला सुरुङहरू पानीले भरिएकाले बन्द गरिएका छन् ।

मौसम विभागले आफ्नो विज्ञप्तिमा तिरुवल्लुर, कांचीपुरम, चेन्नई र चेंगलपट्टु जिल्लाहरूमा ६० देखि ७० किलोमिटर प्रतिघण्टा र कहिलेकाहीँ ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने सम्भावना रहेको जनाएको छ ।

मिचोन आँधीको प्रभाव

चक्रवात मिचोङ्गका कारण आएको भारी वर्षाले चेन्नईलगायत धेरै जिल्लामा सडक डुबानमा परेको छ । चेन्नईका धेरै ठाउँमा रुख सडकमा ढलेका छन् ।

राज्यमा पाँच जनाको मृत्यु भएको छ ।

वर्षाका कारण चेन्नईको घरेलु र अन्तर्राष्ट्रिय विमानस्थलमा बाढी आएको छ र त्यसलाई ध्यानमा राखेर उडान आवागमन रोकिएको छ ।

विमानस्थल प्रशासनले सोमबार रातिसम्मका सबै उडान रद्द गरेको थियो । करिब १५० उडान सेवा प्रभावित भएको छ । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.