नेप्सेमा झिनो गिरावट
![नेप्सेमा झिनो गिरावट](https://annapurnapost.prixacdn.net/media/albums/nepse-58902712f1c6b8.75268804_cLE3pN3hm2_jNIwbOwXIr.jpeg)
काठमाडौं : साताको दोस्रो दिन सेयर बजारमा झिनो गिरावट आएको छ। आइतबार ७.२९ अंकले घटेको नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ अंक कायम भएको छ। दिनभर २ सय ९२ स्क्रिप्टको ३८ लाख ९६ हजार २ सय ८७ कित्ता सेयर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८ सय ९४ रुपैयाँमा खरिदबिक्री भए।
सेयर बजारमा १ सय ९ कम्पनीको सेयरमूल्य घट्दा १ सय २२ वटाको बढेका छन्। समाज लघुवित्तको सेयर मूल्यमा सर्वाधिक वृद्धि आयो भने एनआरएन इन्फ्रास्ट्रक्चर र माउन्टेन इनर्जीको लगानीकर्ताले सबैभन्दा बढी गुमाए। कारोबार रकमका आधारमा सोनपुर मिनरल्स शीर्ष स्थानमा रह्यो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)