एनसेल बिक्रीप्रति राष्ट्रिय युवा संघको ध्यानाकर्षण, संलग्नलाई कारबाही नगरे आन्दोलन गर्ने चेतावनी

एनसेल बिक्रीप्रति राष्ट्रिय युवा संघको ध्यानाकर्षण, संलग्नलाई कारबाही नगरे आन्दोलन गर्ने चेतावनी
सुन्नुहोस्

काठमाडौं : एनसेल खरिद बिक्री प्रकरणप्रति राष्ट्रिय युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। नाफामा रहेको कम्पनीले राजश्व छलेर अनियमिता हुँदा समेत सरकार मुकदर्शक र रमिते बन्नु खेदजनक भएको युवा संघ नेपालको टिप्पणी गरेको छ।  

संघले राजश्व छलि गर्ने प्रयोजनले नेपालको अर्थतन्त्रमाथि ठूलो क्षति पुर्‍याउने नियतका साथ एनसेल खरिदबिक्री प्रकरणमा संलग्न सबैलाई कानुनी कार्वाही गर्न र यथार्थ सार्वजनिक गर्न सरकारसमक्ष जोडदार माग गरेको छ। सरकारले कारबाही नगरे राष्ट्रिय युवा संघ नेपाल सडक आन्दोलन गर्न बाध्य हुने राष्ट्रिय युवा संघ नेपालले चेतावनी दिएको छ।

‘नाफामा रहेको कम्पनीले राजश्व छल्ने कुत्सित नियत राख घाटामा रहेको भनि मूल्यांकनमा ९६% कम देखाई एनसेलको स्वामित्व परिवर्तन गर्ने गरी खरिद विक्री गर्नु आश्चर्यजनक रहेको छ।’राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘कुनैपनि निजी दुरसञ्चार कम्पनी खरिदवक्रिको लागि नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकारणलाई अनिवार्य सूचना दिई अनुमति लिनुपर्ने प्रावधान रहेको देखिन्छ। राज्यका उच्चपदस्त अधिकारीलाई प्रभावित पारी नेपालमा राजश्व छल्न सकिन्छ भन्ने यो ठूलो प्रमाण हो। यस्ता विषयमा राज्य वेखवर छ भन्नु लज्जास्पद विषय बनेको छ।’

राष्ट्रिय युवा संघ नेपालले राज्यलाई दिनदहाडै यति ठूलो ठग्ने कार्य हुँदा दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालय के हेरेर बसेको छ भन्दै प्रश्न गरेको छ। विज्ञप्तिमा भनिएको छ,‘राज्यलाई दिनदहाडै यति ठूलो ठग्ने कार्य हुँदा दूरसञ्चार प्राधिकरण के हेरेर बसेको छ ? हामी प्रश्न गर्न चाहान्छौं; शेयर बाँडफाँड र कम्पनी खरिद बिक्रीको विषयमा उद्योग मन्त्रालय कसरी बेखरवर रहन सक्छ ? बिक्रीको लागि राय र अनुमति दिनसक्ने सञ्चार मन्त्रालय किन मौन छ ? यति ठूलो अनियमिता हुँदा समेत सरकार मुकदर्शक र रमिते बन्नु खेदजनक छ।’

यता १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको ८० प्रतिशत स्वामित्व आजियाटाले ६ अर्ब ६५ करोडमा बिक्री गरेपछि नेपाल सरकारलाई हानी पुर्‍याउने उद्देश्य अर्कोपल्ट उजागर भएकामा संघीय संसद्को सार्वजनिक लेखासमितिले आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्टारको कार्यालयलाई यस प्रक्रियाबारे ९ वटा प्रश्न सोधेको छ। एनसेलको दूरसञ्चार सेवा प्रदान गर्ने अनुमतिपत्र सन् २०२९ मा सकिँदैछ। त्यसअघि कम्पनीमा रहेको कम्तीमा ५० प्रतिशत स्वामित्व नेपालीको हातमा पार्न सके पुनः अनुमतिपत्र पाउने बाटो खुल्नेछ। यसै कार्यका लागि आजियाटाको ग्रान्ड डिजाइनमा नेपाली नामथर भएका सिंगापुरे व्यवसायी सतिशलाल आचार्य गोटी बनेका छन्।

सन् २०२९ सम्मको बिजनेसको नाफा आजियाटाले लैजाने गरी भएको किनबेच सम्झौता पुनः अनुमतिपत्र पाएपछि महँगो मूल्यमा बेच्ने अभिप्रायसहित भएको दाबी गरिएको छ। एनसेलको बाँकी २० प्रतिशत स्वामित्व आचार्यकी नेपाली श्रीमती भावना सिंहसँग छ। शुक्रबार जारी विज्ञप्तिअनुसार किनबेच भएको भए नेपाल सरकार पूर्णरूपमा ठगिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.