टिकटक प्रतिबन्धसम्बन्धी मुद्दामा आज सुनुवाइ भएन

टिकटक प्रतिबन्धसम्बन्धी मुद्दामा आज सुनुवाइ भएन
सुन्नुहोस्

काठमाडौं : टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आज सुनुवाइ भएन। रिटको पेशी न्यायाधीश सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा तोकिएको थियो। तर,न्यायाधीश माथेमा  र शर्माको संयुक्त इजलासले हेर्न नभ्याइने सूचीमा राखेको छ।

यसअघि मंसिर ५ गते न्यायाधीश शर्माको एकल इजलासले रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गर्दै टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश दिएको थियो।

टिकटकलाई प्रतिबन्धित गर्ने  सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै १४ वटा रिट दायर भएका थिए। २७ गते कार्त्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको  थियो। टिकटकबाट समाजमा विसंगति,विकृति र अराजकता फैलाएको भन्दै नेपालमा टिकटक बन्द गर्ने निर्णय सरकारले गरेको हो।

टिकटक बन्द गर्ने सरकारको निर्णय  गैरकानुनी एवं गैर संवैधानिक,बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीलगायतले निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन्।

नेपाल सरकार,सूचना तथा संचार मन्त्रालय सिंहदरबार र नेपाल दूरसञ्चार प्राधिकरण जमललाई रिटमा विपक्ष बनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.