सडकमा राखिएका होर्डिङ बोर्ड एक साताभित्र हटाउन आग्रह

सडकमा राखिएका होर्डिङ बोर्ड एक साताभित्र हटाउन आग्रह
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको गोरुसिंगे–सन्धिखर्क सडकमा राखिएका होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरले सात दिने सूचना जारी गरेको छ। 

सडक डिभिजन कार्यालयले सडकको दायाँबायाँ तथा आवतजावतमा प्रभावित पार्ने गरी राखिएका होर्डिङ बोर्ड हटाउन सूचना जारी गरेको हो।

दुर्घटना निम्ताउने गरी विभिन्न संघ–संस्था, कम्पनी र व्यक्तिले राखेका होर्डिङ बोर्ड सात दिनभित्र हटाउन भनेको र नहटाए सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.