भूकम्पपीडितलाई एमाले धरानको सहयोग
धरान : नेकपा एमाले धरान नगर कमिटीले जाजरकोटका भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ। मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत भूकम्पपीडितका लागि कमिटीले रकम हस्तान्तरण गरेको हो।
एमाले धरानका अध्यक्ष हर्कजङ एभेङ्ले एमाले स्थायी कमिटी सदस्य शेरधन राईमार्फत एक लाख ६६ हजार ४२५ रुपैयाँ हस्तान्तरण गरे। संकलित रकम केन्द्रीय समितिमार्फत भूकम्पपीडितलाई उपलब्ध गराउने नेता राईले बताए।