ललितपुर र वीरगञ्ज बराबरीमा रोकियो

ललितपुर र वीरगञ्ज बराबरीमा रोकियो
तस्बिर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोकेको छ।

    
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेल्दै एकएक अंक बाँडेका छन्। यस खेलसँगै ललितपुरले जारी प्रतियोगितामा ६ अंक जोडेको छ। पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २-० ले हराएको ललितपुरले दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा थन्डर्स र धनगढीसँग गोलरहित बराबरी खेलेको थियो। 
    
त्यसैगरी पहिलो खेलमा साविक उपविजेता धनगढी एफसीविरुद्ध २-१ गोलअन्तरले पराजित भएको वीरगञ्ज दोस्रो खेलमा पनि समान नतिजामा एफसी चितवनसँग पराजित भएको थियो। यस खेलसँगै वीरगञ्जले एक अंक जोडेको छ। 
    
खेलमा पहिलो अग्रता भने वीरगञ्जले लियो। वीरगञ्जका लागि खेलको १०औं मिनेटमा विलियम ओपोकुले गोल गरे। वीरगञ्जको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको १४औं मिनेटमा नै ललितपुरका इमोन इकेजेले एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए। 

null

त्यसपछि खेलको २७औं मिनेटमा ललितपुरका निखिल सुरेशराओ कदमले गोल गर्दै खेलको पहिलो हाफसम्म २-१ गोलको अग्रता बनाए। तर खेलको दोस्रो हाफको सुरुआतमै वीरगञ्जले बराबरी गोल फर्कायो। वीरगञ्जका लागि दोस्रो गोल कृपाकान्त महतो थारुले खेलको ५२औं मिनेटमा गरे। त्यसपछि दुवै टोलीले गोल गर्न प्रयास गरे पनि असफल भयो र अन्तत खेल २-२ गोलको बराबरीमा टुंगियो। 

nullnullnullnullnullnullnullnull

तस्बिर : सुनिता डंगोल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.