'गाजा मानवताको हिसावले सबैभन्दा अन्धकार समयमा पुगेको छ'

'गाजा मानवताको हिसावले सबैभन्दा अन्धकार समयमा पुगेको छ'
फाइल तस्बिर।
सुन्नुहोस्

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको र मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको बताएको छ । 

हमासको लडाकू समूहले अक्टोबर ७ मा गरेको हमलापछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासको हमलामा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको थियो भने हमासले करिब दुई सय ४० बन्धकलाई गाजामा ल्याएको थियो । 

इजराइलले हमासलाई समाप्त पार्ने र सबै बन्धकको मुक्ति सुनिश्चित गर्ने वाचा गरेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्धमा गाजामा करिब १५ हजार नौ सय मानिस मारिएको बताएको छ । 

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा डब्लुएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले मङ्गलबार दक्षिणी गाजापट्टीको राफाबाट भिडियो लिङ्कको माध्यमबाट जेनेभामा पत्रकारहरूसँग मध्य र दक्षिणी गाजाबाट आउने मानिसको सङ्ख्या अत्यधिक बढेको बताए। 

इजराइली सेनाले मङ्गलबार दक्षिणी गाजामा हमास लडाकूसँग युद्ध सुरु गरेको छ । युद्धले सर्वसाधारण घेरामा परेको प्यालेस्टिनी क्षेत्रलाई निरन्तर खुम्च्याएको छ । प्रारम्भमा उत्तरी गाजामा ध्यान केन्द्रित गरेपछि इजराइली सेनाले अहिले दक्षिणमा स्थल सेनालाई पठाएको छ र सर्वसाधारणलाई त्यहाँबाट हट्न आग्रह गरेको छ । 

'स्थिति प्रत्येक घन्टा बिग्रिँदै गइरहेको छ, यहाँ दक्षिणी इलाकासहित चारैतिर तीव्र बमबारी भइरहेको छ, धेरै मानिस हतास छन् र करिब सबै मानिस आघातको अवस्थामा छन्', पिपरकोर्नले भने, 'हामी मानवताको सबैभन्दा अन्धकार घडीको नजिक छौँ, यो बमबारी र जीवनको मूर्खतापूर्ण क्षति रोकिनु पर्छ र हामीलाई दिगो युद्धविरामको आवश्यकता छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.