श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड पुगे गंगालाल हृदयरोग केन्द्र

श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड पुगे गंगालाल हृदयरोग केन्द्र
तस्बिर : गृहमन्त्री सचिवालय
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पतालमा पुगेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले बुधबार बिहानै गंगालाल हृदयरोग केन्द्र पुगेर वरिष्ठ उपाध्यक्ष श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।  

‘बिहान साढे ७  बजे प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगि गृहमन्त्री ज्युसँग भेटघाट गर्नु भएको हो । प्रधानमन्त्री र गृहमन्त्री ज्युबीच सामान्य कुराकानी भएको छ। उहाँको अवस्था सामान्य छ’ गृहमन्त्रीका सचिवालय स्रोतले भन्यो।

दाहालले चिकित्सकसँग पछिल्लो अवस्थाबारे पनि चासो राखेका छन्। छातीमा असहज महसुस भएपछि अस्पतालमा नियमित स्वास्थ परीक्षणका लागि पुगेका श्रेष्ठलाई मुटुमा समस्या देखिएपछि गएराति गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ।

गृह मन्त्रालयमा सहसचिव/प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ।  श्रेष्ठ चीनको भ्रमणमा रहेको बेलामा मुटुमा 'एक्युट मायोकार्डियल इन्फेक्सन' भएको थियो। 

‘माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू मित्रराष्ट्र गणतन्त्र चिनको भ्रमणमा रहेको बेला (मिति २०८० असोज ३० देखि कार्तिक १ सम्म) मा मुटुमा 'एक्युट मायोकार्डियल इन्फेक्सन' भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको थियो। उहाँको उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको व्यहोरा जानकारीमा आएको थियो।’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यू नियमित स्वास्थ्य परीक्षणका क्रममा मिति २०८० मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना हुनुभई आंशिक अवरोध रहेको भागमा समेत डा. अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरी सघन उपचार कक्षमा उपचाररत रहनु भएको र हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा अस्पतालले जनाएको छ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.