नास्टले अपेक्षा गरे अनुसारको स्रोत प्रदान गर्न सरकारले सकेको छैन : प्रचण्ड

नास्टले अपेक्षा गरे अनुसारको स्रोत प्रदान गर्न सरकारले सकेको छैन : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान तथा प्रविधि क्षमता विकासमा तीव्रता आउँदै गरेको बताएका छन्। बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरू आफूले महसुस गरेको बताएका हुन्। 

‘हाम्रो विज्ञान तथा प्रविधि क्षमता विकासमा तीव्रता आउँदै गरेको महसुस गरेको छु। भलै नेपाल सरकारले तपाईहरूले अपेक्षा गरे अनुसारको स्रोत प्रदान गर्न सकेका छैनौं। सरकारका पनि विभिन्न बाध्यताहरू हुँदा रहेछन्। म आफैँ पनि विज्ञानको विद्यार्थी भएको कारण विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरू मैले राम्रोसँग महसुस गरेको छु।’ उनले भने,‘भर्खरै मैले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवन उद्घाटन गरें। मलाई विश्वास छ, यी अनुसन्धान र प्रविधि केन्द्रहरूबाट अन्तर्राष्ट्रियस्तरका अनुसन्धान परीक्षणहरू हुने वातावरण सिर्जना हुँदै जानेछन्।’

विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको उनको भनाई छ। केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौकमा थप अभिवृद्धि हुने सरकारको विश्वास रहेको उनले बताए। उनले भने,‘जनताको अपेक्षा नास्टप्रति बढी रहेको छ। यसर्थ यहाँ सञ्चालन हुने कार्यक्रमहरूको स्तरीयताका बारेमा टिका टिप्पणी हुनु तपाईहरूको लागि पृष्ठपोषण नै हुने मैले ठानेको छु।’

उनले देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी नेपाल सरकारको सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाहरूको खाका तयार गर्न उनले अनुरोध गरे। उनले भने,‘अहिलेको अवस्था भनेको सहकार्य र समभावको हो न कि एकांकी भएर गन्तव्य पुग्न कठिन हुने राजनीतिक लगायत अन्य उदाहरणहरू हामीसँग धेरै रहेका छन्।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.