अवैध ७.८ किलो सुनसहित सञ्चालक पक्राउ
काठमाडौं : काठमाडौंको न्यूरोडस्थित ओमपर्ल गोल्ड प्रालिबाट सुनसहित एक जना पक्राउ परेका छन्। प्रहरीले ७ केजी ८ ग्राम सुनसहित ओमपर्ल गोल्ड प्रालिका सञ्चालक पदम पाण्डेलाई पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति ओमपर्ल गोल्ड प्रालि छापा हानेको हो। प्रहरी स्रोतका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसारअवैध काँचो सुन र केही गहना बरामद भएका छन्।
प्रतिक्रिया दिनुहोस !
५