गण्डकी पुग्यो एमालेको समृद्धिका लागि संकल्प यात्रा

गण्डकी पुग्यो एमालेको समृद्धिका लागि संकल्प यात्रा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बागलुङ : नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ बुधबार गण्डकी प्रदेश प्रवेश गरेको छ । झुलाघाट–चिवा भञ्ज्याङ्गको १९ दिने पदयात्रा सुरु गरेको सातौं दिन कर्णाली प्रदेशको पूर्वीरुकुम हुँदै गण्डकी प्रदेशको बागलुङ जिल्लामा प्रवेश गरेको हो ।

मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तरगत बागलुङ र पूर्वीरुकुम जोड्ने पातिहाल्नेमा एमाले गण्डकी प्रदेशले स्वागत गरेको थियो । एमाले अध्यक्ष ओली नेतृत्वको अभियान टोलीलाई गण्डकी प्रदेश इन्चार्ज गोकर्ण  विष्ट, केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, पोलिष्ट्व्यूरो सदस्य खगराज अधिकारी, जगत विश्वकर्मा, प्रदेश अध्यक्ष नवराज शर्मा नेतृत्वका एमाले गण्डकीका नेता तथा कार्यकर्ताको टोलीले स्वागत गरेका थिए ।

‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ मंसिर १४ गतेदेखि सुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ का लागि एमाले अध्यक्ष ओलीसहितको टोली अभियानमा सहभागी भएको छ ।

अभियानको क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीसहितको टोली आज (बुधबार) र भोली (बिहीबार) बागलुङका पालिकाहरुको कार्यक्रममा सहभागी हुनेछन् । आज बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिकामा स्वागत र गुल्मीको वामीटक्सारमा आमसभा तथा बागलुङको गलकोट नगरपालिकामा स्वागत तथा सभासहित बास बस्ने कार्यक्रम रहेको एमाले बागलुङ जिल्ला कमिटीका अध्यक्ष हिरा बहादुर केसीले बताए । 

उनले बिहीबार काठेखोला गाउँपालिकामा स्वागत र बागलुङ नगरपालिकाको सभामा ओलीको सम्बोधन पछि टोलीलाई पर्वतको लागि बिदाइ गरिने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.