एनसेल खरिद–बिक्री प्रकरणमा डा. बाबुराम भट्टराई र रवि लामिछानेको सवाल जवाफ

लामिछानेको चुनौती- एनसेलबाट खाएको पैसाबारे खुला छानबिन गर्न तयार हो ?

एनसेल खरिद–बिक्री प्रकरणमा डा. बाबुराम भट्टराई र रवि लामिछानेको सवाल जवाफ

काठमाडौं : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको खरिद–बिक्री प्रकरणको छानबिन गर्न सर्वत्र माग भइरहेको छ। प्रधानमन्त्री, सरकारका मन्त्री र प्रमुख दलका शीर्ष नेताहरुले नै एनसेलको बिक्रीको विषयलाई लिएर भ्रष्टाचारको गन्ध आएको भन्दै छानबिन गर्नुपर्ने धारणा राखिरहेका छन्। मंगलबार गठबन्धनको बैठकमा सेयर खरिद बिक्रीको कुरा शंकास्पद रहेकाले छानबिन गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन्।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानले एनसेल बिक्रीबारे खुला छानबिन गर्न तयार हुने हो भन्दै प्रश्न तेर्स्याएका छन्। उनले‘कुन दलका कुन-कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ?’भन्दै प्रश्न गरेका हुन्।

‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो ।’ ट्वीटरमा उनले भनेका छन्,‘टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन-कुन दलका कुन-कुन नेताले कति कती रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ?’

जवाफमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले टेलिकम क्षेत्रको लगानीमा निकै चलखेल हुने गरेको शान्ति प्रक्रियामा आएदेखि नै गाइँगुइँ सुनेको दाबी गरेका छन्। उनले तथ्य कहिल्यै थाहा नभएको बताए। उनले यसबारे तथ्य बुझेकाहरूले सत्य बाहिर ल्याएर कानुनी प्रक्रियामा सहयोग पुर्‍याए देश र जनतालाई निकै फाइदा र राम्रो हुने थियो भन्ने जवाफ दिएका छन्।

 रविलाई मेन्सन गर्दै भट्टराईले लेखेका छन्,‘नेपालको टेलिकम क्षेत्रको लगानीमा निकै चलखेल हुने गरेको कुरा हामी शान्तिप्रकृयामा आएदेखि नै गाइँगुइँ सुनिने गरेको हो। तर तथ्य कहिल्यै थाहा भएन । यसबारे तथ्य बुझेकाहरूले सत्य बाहिर ल्याएर कानूनी प्रकृयामा सहयोग पुर्याए देश र जनतालाई निकै फायदा र राम्रो हुने थियो।’

यसैबीच बुधबार रास्वपा सांसदद्वय डा. स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठले संसद्‍को अर्थ समितिमा एनसेल बिक्रीबारे निष्पक्ष छानबिन गर्न ध्यानाकर्षण गराएका हुन्। बुधबार समिति सभापति सन्तोष चालिसेलाई कार्यकक्षमा भेटेर स्वदेशी एवं विदेशी लगानीको माहोल बनाई आय र रोजगारीको विस्तार, निर्यात प्रवर्द्धन एवं प्रविधि हस्तान्तरणमा फड्को मार्ने राष्ट्रिय लक्ष्यमा धक्का लाग्ने गरेर प्रक्रिया अघि बढेको भन्दै उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन्।

उनीहरूले बुझाएको ध्यानाकर्षणपत्रमा याक्जियटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मूलका साझेदारी, अर्थमन्त्री, सञ्चारमन्त्री, लगानी बोर्डका प्रमुख कार्यकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका समितिमा बोलाइ सोधपुछ गर्न माग गरिएको छ ।

यता १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको ८० प्रतिशत स्वामित्व आजियाटाले ६ अर्ब ६५ करोडमा बिक्री गरेपछि नेपाल सरकारलाई हानी पुर्‍याउने उद्देश्य अर्कोपल्ट उजागर भएकामा संघीय संसद्को सार्वजनिक लेखासमितिले आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्टारको कार्यालयलाई यस प्रक्रियाबारे ९ वटा प्रश्न सोधेको छ। एनसेलको दूरसञ्चार सेवा प्रदान गर्ने अनुमतिपत्र सन् २०२९ मा सकिँदैछ। त्यसअघि कम्पनीमा रहेको कम्तीमा ५० प्रतिशत स्वामित्व नेपालीको हातमा पार्न सके पुनः अनुमतिपत्र पाउने बाटो खुल्नेछ। यसै कार्यका लागि आजियाटाको ग्रान्ड डिजाइनमा नेपाली नामथर भएका सिंगापुरे व्यवसायी सतिशलाल आचार्य गोटी बनेका छन्।

सन् २०२९ सम्मको बिजनेसको नाफा आजियाटाले लैजाने गरी भएको किनबेच सम्झौता पुनः अनुमतिपत्र पाएपछि महँगो मूल्यमा बेच्ने अभिप्रायसहित भएको दाबी गरिएको छ। एनसेलको बाँकी २० प्रतिशत स्वामित्व आचार्यकी नेपाली श्रीमती भावना सिंहसँग छ। शुक्रबार जारी विज्ञप्तिअनुसार किनबेच भएको भए नेपाल सरकार पूर्णरूपमा ठगिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.