'एनसेलको सेयर खरिद-बिक्री शंकास्पद भएकाले व्यवस्थापकलाई अर्थसमितिमा बोलाएर जानकारी लिनुपर्छ'

'एनसेलको सेयर खरिद-बिक्री शंकास्पद भएकाले व्यवस्थापकलाई अर्थसमितिमा बोलाएर जानकारी लिनुपर्छ'
तस्बिर : रासस
सुन्नुहोस्

काठमाडौं : एनसेल आजियटा लिमिटेडले नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै सेयर किनबेच हुने जनाएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउदै एनसेलले कानूनी प्रक्रिया पालना गरेर सबै काम गर्ने जनाएको हो । 

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै जवाफ दिने पत्र एनसेलबाट प्राप्त भएको जानकारी दिए।

शेयर खरिदबिक्रीबारे एनसेलसँग जानकारी माग गरिएकामा त्यसको जवाफ प्राप्त भएको उनले बताए । एनसेलको शेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले मङ्सिर १५ गते पत्राचार गरेको थियो भने मङ्सिर १९ गते त्यसको जवाफ प्राप्त भएको खनालले बताए ।

एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद देखिएमा प्राधिकरणले थप छानबिन गर्ने उनले बताए । त्यस्तै खनालले विभिन्न दुरसञ्चार सेवा प्रदायकसँग असुलउपर गर्न बाँकी रहेको वक्तौता तीन महिनाभित्र बुझाउन भनिएको जानकारी दिए।

समिति बैठकमा सांसदहरुले एनसेल प्रकरणमा व्यवस्थापकलाई नै बोलाएर जानकारी लिनुपर्ने धारणा राखेका छन् । समिति सदस्य डा. स्वर्णिम वाग्लेले एनसेलको व्यवस्थापनलाई अर्थसमितिमा बोलाएर जानकारी माग्नुपर्ने बताए । एनसेलका नेपाली मूलका साझेदारलाई समितिमा बोलाएर यस विषयमा अर्थसमितिले पत्र काट्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले एनसेल खरिदबिक्री प्रकरण निकै गम्भीर रहेको भन्दै गम्भीर छानबिन गरिनुपर्ने धारणा राखे । उनले एनसेलका विषयमा देखिएका समस्या सदाका लागि समाधान गर्ने दिशातर्फ लाग्नुपर्ने बताए।

त्यस्तै अन्य समिति सदस्यहरुले एनसेलको सेयरकारोबारबारे राज्यका निकायलाई जानकारी नहुनु लज्जास्पद भएको भन्दै यस विषयमा राज्यका निकायले गम्भीर भएर अनुसन्धान थाल्नुपर्ने सुझाव दिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.