नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

नेपालीलाई रुस पठाउने १२ जनालाई सार्वजनिक गर्दै प्रहरीले भन्यो- लहरो लामो छ, तानिँदै जान्छ

काठमाडौं : अवैधरूपमा नेपालीलाई रुस पठाउने १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौंको विभिन्न क्षेत्रबाट पक्राउ गरेका उनीहरूलाई बुधबार काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौं जोरपाटीका २७ वर्षीय सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौंका २३ वर्षीय रोजल महर्जन, काठमाडौं बुढानिलकण्ठका ३१ वर्षीय क्षितिज गिरी र सिरहाका १९ वर्षीय दिपेन परियार छन्।

त्यस्तै काभ्रेका २९ वर्षीय सुबास लामा, चितवनका २५ वर्षीय गोकर्ण अर्याल, बाराका २४ वर्षीय सन्तोष नेपाल, ओखलढुंगाका २५ वर्षीया सुजाता दाहाल, लमजुङका ३५ वर्षीय ईश्वर अधिकारी र दाङका ३८ वर्षीय द्रोण डाँगी छन्।

पक्राउ परेकामध्ये सुजाताको कार्यालयबाट १४ लाख १८ हजार ५ सय नगद र २७ थान पासपोर्ट बरामद गरिएको छ भने ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार नगद, १६ थान पासपोर्ट, एक थान ल्यापटप, एक थान प्रिन्टर र ७ थान मोबाइल बरामद गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए।

पक्राउ परेकामध्ये हरिबहादुर विश्वकर्मा, सुजाता दाहाल र गोकर्ण अर्याल माथिल्लो तहका एजेण्ट रहेको प्रहरीको भनाइ छ। उनीहरूले सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट राम्रो आम्दानीको प्रलोभन देखाएर रुस पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

पूर्व सुरक्षाकर्मीसमेत रहेका हरि एक्लैले हालसम्म १८ जनालाई रुस पठाएको पाइएको एसएसपी खत्रीले बताए। उनीमार्फत् थप ११ जना रुस जाने क्रममा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पीडितहरूले ७ देखि १२ लाख रुपैयाँ तिरेर रुस जाने गरेको प्रहरीको भनाइ छ।

रुस पठाइएका अधिकांश भिजिट भिसामा युएई गएको र त्यहाँबाट रुस पठाइएको पाइएको छ। कतिपय भारतको बाटोबाट स्थलमार्ग हुँदै पनि रुस जानेहरू भेटिएको एसएसपी खत्रीले बताए। उनले अहिलेको पक्राउ परेकाहरूको संख्या प्रारम्भिक रूपमात्र भएको बताए। लहरो विस्तारै तानिँदै जाने उनको भनाइ छ।

'अहिले पक्राउ परेकाहरू संख्या प्रारम्भिक रूपमात्र हो। योभन्दा बिग्गर पिक्चर आउन बाँकी छ। प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ,' एसएसपी खत्रीले पत्रकार सम्मेलनमा भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.