नेपालीलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइ दिने तीनजना पक्राउ
काठमाडौं : नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाका ४७ वर्षीय गोविन्द खडका,ओखलाढुंगाका ३९ वर्षीय नविन राई र रुपन्देहीका २५ वर्षीय विनोद न्यौपाने रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
काठमाडौं उपत्यकाभित्र भएका क्यासिनोमा हुने विभिन्न अपराधिक गतिविधिमाथि निगरानी गर्ने क्रममा क्यासिनो प्रवेश गराइ खेलाउने प्रयोजनका लागि भारतीय कागजातहरू बनाइदिने गरेको खुलेको हो।
क्यासिनोहरूमा विभिन्न अपराधिक गतिविधि हुने गरेको भेटिएपछि प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।